Jan 07, 2023
जानेको नकारात्मक सोच भएको भन्दा नजानेको सकारात्मक सोच भएका व्यक्ती हुन राम्रो हुन्छ भन्ने सारका साथ ४० औ गोष्ठीको उद्घाटन
टैलेन्द्र आचार्य, निर्देशक
आज २०७९।९।२३ गते उपाध्यक्ष श्री खगेन्द्र प्रसाद अधिकारीको समापतीमा तथा प्रमुख अतिथि शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम कृष्ण सुवेदी आतिथ्यतामा ४० ओ व्यवस्थापन समीक्षा गोष्ठीको उद्घाटन शिक्षा सचिव बाट पानसमा बत्ती बाली सम्पन्न भयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का उपाध्यक्ष श्री खगेन्द्र प्रसाद अधिकारी ज्युले समापतीको आशन बाट उद्घाटन सभा विसर्जन गर्दै गत गोष्ठीमा के के प्रतिज्ञा गरेउ र के के काम गरेउ त्यसलाइ छलफल गर्नु पर्छ भन्दै मनन गर्न अनुरोध गर्नु भयो । हामीलाइ परेको समस्यालाइ कसरी समाधान गर्नेमा सोचौ । हामी प्राविधिक शिक्षा को APEX Body भन्छौ । तर ऐनमा के छ त्यो छिटो आवोस भन्ने चाहना छ । यहा आउनु भएका लिडर हरु हौ । कुनै पनि संस्थामा लिडरहरु हुन्छन । थुप्रै लिडरसीप मध्ये कुन खालको मार्ग अपनाए राम्रो हुन्छ त्यो सोच्नु होला । ७५३ स्थानमा विस्तार गर्ने नीति अनुसार हामी लागेका छौ । गुणस्तर कायम राख्दै जानु आवश्यक छ । सवै ठाउमा खोलेर कति गुणस्तर दिन सक्छौ? बजारले खोजेको प्राविधिक शिक्षा दिन सकेका छौ त ? अव यसलाइ पुनरविचार गर्नु पर्छ । एक स्थानमा खोले पछि त्यही ठाउमा धेरै खाले प्राविधिक शिक्षा दिन पर्छ । २ हजार भन्दा बढी पढाउने क्षमता दिउ ।नया खाले प्रविधि शिक्षा दिउ । वजेट दिउ । विस्तारका नाममा जे गरेका छौ त्यो हेर्नुहोला ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामकृष्ण सुवेदीले शुभकामना दिदै भन्न जति सजिलो छ गर्न भने गारो छ । ४० वटा समीक्षा गोष्ठिमा के गर्छु भनिएको थियो के गर्नु भयो त्यो सवै रिपोर्ट माग गर्नु भयो । यो आलंकारिक हुनु भन्दा कार्यान्वयन भए राम्रो हुने थियो । निर्मम समीक्षा गरौ भन्नु लाइ विचार गर्नु होला । मन्त्रालयमा सुझाव होइन हामी बसेर नै गर्ने हो । यो समीक्षा ऐना हो । आत्म समीक्षा गर्ने थलो पनि हो । म कहा छु भन्ने अनुभुति दिने माध्यम हो । हाम्रो सान हाम्रो आस्था CTEVT गीतको यो भाकालाइ जगेर्ना गरौ । हाम्रो चरित्र द्वेत छ । संस्था खोल्ने पनि मर्ज गर्ने पनि रे । के हो यो ? पसल खोलेर मात्र हुन्छ कि ग्राहकलाइ आकर्षण गर्नु पर्ने हुन्न र ? मानिसलाइ पढ्न पाए हुन्थियो भन्ने हुटहुटी छ तर पाउदैनन । तर त्यो व्यक्तिले थाहै पाउदैन । सवै कुरा समन्वय र प्रचार प्रसार हुनु पर्यो । उद्दमशिलता कार्यक्रम एकदमै सफल छ । दुवै बिध्यार्थी र सरोकारवाला दुवै खुसी छन् । तर स्कुलमा बोतल राखेर ट्रेमा लानु पर्ने मा इटा राख्नु कति ठीक? तपाइ सग जति ज्ञान सीप म संग छैन । तपाइहरु लागि पर्नु भयो भने यसको सुधार हुन्छ । परिषद्ले मन्त्रालय सग राम्रो समन्वय भए सवै राम्रो हुनेछ । जव जव त्यहा संका आसंका सूरु हुन्छ तव फेरी समन्वयको अभाव हुन्छ । काम हामीले सोचे जस्तै हुदैन । TVTET ऐन किन आएन ? यो किन भयो ? यो दोष कस्को हो र । जव सम्म राजनिति ले त्यो गियर समात्तैन तव सम्म व्युरोकेशीले केही गर्न सक्दैन । संघीय एन ल्याउन राजनैतिक नेतृत्वलाइ झकझक्याउन नै सकिएन । यो पनि समीक्षा गर्नुस । त्यसैले राजनैतिक पार्टीका घोषणा पत्र समेत हेर्नुस । कर्मचारी तन्त्रले मात्र केही गर्न सक्दैन । गरि खाने शिक्षा लाइ साच्चिकै गरिखाने बनाउन अव हामीले के गर्नु पर्छ । सरकारले के गर्नु पर्ने हो राम्रो सुझाव दिनु होला । प्राविधिक धार र प्राविधिक शिक्षा मात्र नभएर अर्कै धार ल्याउने पो हो कि? कि के गर्ने ? सुझाव दिनुस । आदेश पालकले आदेश पालना गर्दा ध्यान दिनु पर्यो । हामी प्रशासक होइनौ हामी प्राविधिक हौ त्यसैले आदेश भन्दा प्राविधिक ज्ञानको पालना गर्नु पर्यौ । अव किन विध्यार्थी drop out हुन्छन त्यो कारण ल्याउनुस । तिनपुस्ते तयार गर्नुस । कारण स्पष्ट दिनुस । शैक्षिक क्यालेण्डर लागु गर्नुस । यदि यो गरिएन भने CTEVT मा प्रश्न छ । यसको विकल्प खोजिनु पर्छ भन्ने पनि छ । यदि त्यो भयो भने हामी चिच्याएर पनि केही हुन्न । त्यसैले गियर परिवर्तन गर्नुस र त्यो शक्ती छ सामर्थ छ भनेर देखाउनुस । मन्त्रालयसग समन्वय बढाउनुस । सजिलो हुदा स्वायत्त भन्ने अप्ठ्यारो पर्दा मन्त्रालय आउनु राम्रो होइन । अव नया नया विदामा लाग्नुस । दक्ष जनशक्ति तयार गर्नुस । अव नगरे कैले गर्ने आज नगरे कहिले गर्ने सवै एक भएर जाउ र मुलुकलाइ सुधार गरौ । प्रधानमन्त्री ज्युको निर्देशनमा गुणस्तर परेको हुनाले तेही लाइनमा तपाइ हामी जानु पर्छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का सदस्य सचिव श्री जीव नारायण काफ्लेले यो गोष्ठीबाट हामी राम्रा उदाहरणहरु एक बाट अर्कोले सिक्ने गर्नु पर्छ । प्राविधिक शिक्षालाइ व्यापकतामा लगिएको छ अव गुणस्तरमा ध्यान दिनु आवश्यक छ । प्राविधिक शिक्षामा १२ वटा मन्त्रालयबाट भएका छन। यसमा समीक्षा गर्दै अघि बढ्नु पर्छ । हामी आफैले सुधार गर्नु पर्छ । पहिला हामीले आत्मा समिक्षा गर्नु पर्ने आवश्यक छ । समय र खर्चलाइ ध्यानमा राखेर आगामी रणनीति बनाउ भन्दै शुभकामना दिनु भयो ।
शुभकामना मन्तव्य दिदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह सचिव डा हरि प्रसाद लम्सालले गोष्ठीको सफलता व्यक्त गर्नु भयो । कौरवले युद्द हार्न गएका बेला धृत राष्ट्रले के बोल्ने यहा सवै प्राविधिक बिज्ञ भएका ठाउमा हामीले के सल्लाह दिने भन्दै प्रतिप्रश्न गर्नु भयो । के हासिल गरियो भन्दा पनि के हासिल गरिएन भन्ने मात्र आउदो रहेछ । नैतिकता र आचरणको कुरा यहा आउदो रहेछ । आचरण किन घटेको हो त्यो भने भन्न गारो हुन्छ । राम्रो यो हो भन्ने कुरा भन्न गारो छ । बाटो र गति उही भए पात्र वदलिएर केही हुन्न । ठीक गरेका छैनौ भने बरु भनौ । १९८० सम्म युनेस्कोमा काम गर्ने सवै भन्दा राम्रा थिए पछि वल्डबैकले ती व्यक्ति लिएर सवै त्यतै सर्यो । काम पनि गर्ने तर दरवन्दी छैन भनेर भन्नु भन्दा राम्रा काम पहिला गर्नु राम्रो हुन्छ । यति अभावमा काम गर्दा पनि सकेका छौ र अव सुधार गरौ भन्ने कुरा राम्रो हुन्छ । समस्या छन् तर आचरणले सवै कुरा समाधान हुन सक्छ । भर्ना संस्था बढेर भर्ना घटेको होइन तपाइ नपुगेर भर्ना घटेको हो । लगाव घट्नु एउटा कारण हुन सक्छ । जानेको नकारात्मक सोच भएको भन्दा नजानेको सकारात्मक सोच भएका व्यक्ती हुन राम्रो हुन्छ । मनिष किशोरियाले दिल्लीमा शिक्षा सुधार गरेका थिए । पाठ्यक्रम वदल्नु नै पर्छ । Happy class room लिएर आएका थिए र भारतमा राम्रै काम गरे । बच्चालाइ कुन कुराले सकारात्मक ल्याउछ त्यसैलाइ जोड दिने गर्नु पर्छ । हामीले पनि सोही अनुसार गर्नु पर्छ । संसार वदलिए पनि आफु वदलिनु पर्छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा कमल प्रसाद पोखरेल ले मन्तव्यका क्रममा TVET को महत्वलाइ प्राथमिकतामा राखेको कुरा सर्ववितितै छ । यसका लागि ठुलै संरचना गठन गरेका छौ । यहा soft infrastructure तथा hard infrastructure तयार गरेका छौ । ६५५ स्थानिय निकायमा विस्तार भएका छन । नया मोडल सुरुवात भएको छ । विस्तार जादा गुणस्तरमा भने ध्यान दिनु आवश्यक छ । श्रम वजारका लागि सीप युक्त बनाउनु पर्ने छ । गुणस्तरमा लान नसकिएको कुरा सवै तिर चलेको छ । विस्तार र गुणस्तर सग सगै लानु पर्ने हुन्छ । माग अनुसारको पाठ्यक्रम हुन आवश्यक छ । यसमा ग्याप देखिएको छ । तालिम दिने क्षमता र भर्ना वीचको ग्याप पनि देखिएको छ । यसले हाम्रो कमजोरी देखिएको छ । यसलाइ विश्लेषण गर्नु पर्ने हुन्छ । सीप लिएर विदेश जाने र नलिइ जानेको पनि विश्लेषण गर्नु पर्ने देखिन्छ । पढाउने प्रशिक्षक को अवस्था समेत ध्यान दिनु पर्ने हुन्छ । यसलाइ विचार गरेर नीतिमा समावेश गर्नु पर्ने हुन्छ । १० बर्षे TSAP लाइ ध्यान दिनु पर्ने हुन्छ । यसलाइ अन्तिम चरणमा भएकोले स्वीकृतको चरणमा गएको छ । विभिन्न १२ मन्त्रालयबाट छोटो अवधिको तालिम संचालन भएको छ । त्यसलाइ सवैलाइ स्तरीकरण गर्न सकियोस भन्ने कुरा छ । राष्ट्रिय योग्यता ढाचालाइ कार्यन्वयनमा लाने चरणमा छ । यसले माथि जाने बाटो समेत बन्ने देखिएको छ । बिचमा छोडेर गए पनि पछि फेरी दिन पाउने व्यवस्था गरिएको छ । अव माग अनुसारको जनशक्ति दिन नसक्नुको कारण पाठ्यक्रम पुन निर्माण गर्नु पर्ने हो भन्ने महशुस गरिएको छ । उद्दमशिलता कार्यक्रममा विध्यार्थी छनौटमा समेत रोजगारदाता नै सहभागी हुनु राम्रो पक्ष देखिएको छ । राम्रा पक्षलाइ अरुले पनि सिक्नु पर्ने हुन्छ । सिकाइको आदान प्रदान हुन आवश्यक छ भन्दै आफ्नो मन्तव्य दिनु भयो ।
१ नं प्रदेशका सामाजिक विकास सचिव श्री बासुदेव दाहालले मन्तव्यका क्रममा सवैलाइ हार्दिक अभिवादन गर्दै राष्ट्रको विकासका लागि प्राविधिक शिक्षालाइ अपरिहार्य बनाइएको छ । तर उपलव्धी हासिल हुन सकेनकि भन्ने कुरामा चिन्ता लागेको छ । केही शिक्षालयमा भर्ना नै नपाएको देखे ता पनि अहिले सुन्दा भर्ना दर कम देख्दा अचम्मित भएको अनुभुति गरेको छ । निर्मल लामामा भने भर्ना हुन नै गारो भएको देख्दा त्याहाका प्राचार्यलाइ धन्यवाद समेत दिनु भयो । सफलताका कहानीलाइ प्रचार प्रसार गर्नु पर्छ ।
गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यबाट आफ्नो प्रस्तुती गर्दै प्रदेशले परीक्षा संचालन¸नियमित अनुगमन तथा शिक्षालयहरुबाट भर्ना गर्ने देखि अन्य काम भइरहेका छन् । छोटो अवधिका तालिमहरु संचालन भइरहेको छ । सामुदायिक बिध्यालयहरुलाइ अनुदान दिने काम भइ रहेको छ । रोजगार दाताहरु संग समन्वय भइरहेको छ । क्षमता विकास का कार्यका लागि प्राविधक प्रशिक्षण प्रतिष्ठानबाट भइ रहेको छ । भर्ना दर न्युन रहेको छ । नियमित प्रशिक्षण भइरहेको छ । भौतिक ८१ वितीय ६१ प्रतिशत उपलव्धी भएको छ । केही शिक्षालयमा जग्गा प्राप्त समेत भएको छ । १३९ संस्था छन । आंगिक १२ सामुदायिक ५१ साझेदारी ६ निजी १९ छन् भने अरु प्राविधक धारका ९ १२ को छ । सवल पक्ष लागत साझेदारीमा तालिम संचालन¸छात्रवृति तथा पालिकाहरुबाट सहयोग भएको भएको छ । केन्द्रबाट सहयोग को अपेक्षा गरिएको छ । ५८ प्रतिशत भर्ना दर देखिएको छ । अहिले त विध्यार्थी नै कम हुन थालेको छ । उतिर्ण प्री डिप्लोमा ४५ प्रतिशत मात्र रहेको छ । समावशी एव समतामुलक पहुच शुसानसन एवं व्यवस्थापन कसरी गर्ने भन्ने छ । राजगारी दर ६३ प्रतिशत इन्जिनियरिडमा देखिएको छ । भर्ना क्षमताको तुलनामा प्रशिक्षार्थी संख्या कम भएको छ । प्रशिक्षार्थी भर्ना अभियान प्राविधक शिक्षाका जनचेचनामुलक कार्यक्रम संचालन तथा सफलताका कथाहरुको प्रचार प्रसार गर्नु पर्ने देखिन्छ । गुणस्तरी प्रशिक्षण न्युनतम शैक्षिक एव भौतिक पुर्वाधारको व्यवस्था तथा कार्यस्थलको सिकाइमा जोड दिने तथा शैक्षिक संस्थाहरुको स्तरीकरण गर्नु पर्ने देखिन्छ । परीक्षा संचालनमा जटिलता भएको छ । ९० दिन भित्र रिजल्ट निकाले राम्रो हुने छ । तीन तहका सरकार विच समन्वय गर्नु पर्ने देखिन्छ । हाम्रो प्रतिवद्दता १०० प्रतिशत भर्ना गरिनेछ । श्रम बजारको माग अनुसार ज्ञान सिप र मनोबृति दिनु पर्ने । सवैलाइ सक्षम नागरिक बनाउने भन्दै आफ्नो प्रस्तुती दिनु भयो ।
शुभकामना वन्तव्य दिदै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटा सीपलाइ के कसरी गर्ने भन्ने कुरामा तपाइहरु लागि रहनु भएको छ । जनशक्ती उत्पादन गर्ने काममा सक्षम व्यक्ती नभएको गुनासो छ । हस्पिटालिटिमा समेत काम गर्ने कम देखिएको छ । हामी पुर्ण रुपले काम गर्नु पर्ने भएको छ । भौतिक र वितियमा मात्र क्यालकुलेशन नगर्नुस । यसमा चिन्ता गर्नु पर्ने स्थिति छैन । यसलाइ कसरी सुधार गर्नु पर्ने सोच्नु पर्ने छ । यसले long term असर कति गरेको छ । नया पाठ्यक्रम बनाएर बजार लाइ आवश्यक पर्ने जनशक्ति तयार गर्नु पर्ने हुन्छ । परीक्षा प्रणालीलाइ सुधार गर्नु पर्ने देखिन्छ । भर्नादरलाइ बढाउन मर्ज गर्ने कि? पहुचको कुरालाइ ध्यान दिनु पर्ने हुन्छ । अरुलाइ दोष नदिइ आफै काम गर्ने तिर जोड दिउ । मन्त्रालयले सहयोग गरोस भन्ने चाहना राख्दै आफ्नो मन्तव्य दिनु भयो ।
समर्ग गोष्ठीको उद्देश्य बारे प्रष्ट पार्दै प्राविधिक महाशाखाका निर्देशक दिपक पौडेलले ४० बर्ष अघिबाट संचालन भएको ५ वटा शिक्षालयबाट सुरुवात भएकोमा अहिले ६५ वटा शिक्षालयहरुमा विस्तार भएको छ । यसमा २०७८।०७९ को समिक्षा गर्ने छौ भने यो आर्थिक बर्ष ६ महिनामा कुन दिशा तिर हिडेका छौ त्यस बारे छलफल हुने छ । प्रदेश बाट छलफल गरेर निकालेको निचोड यहा प्रस्तुत हुने छ । भोलीको बाटो के हुने त्यसबारे व्यापकरुपमा छलफल गरिनेछ । यहा सवै सामुदायिक तथा आंगिक शिक्षालयहरुको विस्तार भएको छ । योग्य प्रशिक्षक को अभाव भएको छ । साथै न्युन विध्यार्थीको भर्ना दर देखिएको छ । समिक्षा गर्ने बेला भएको छ । हामीले गुणस्तरीय शिक्षा नदिएको कारणले हो कि ? यसवारे छलफल गरिने छ र निचोड निकालिने छ । यस छलफलबाट रणनीतिक योजनामा समेत सहयोग हुनेछ । यस कार्यक्रमलाइ महत्व दिदै यहा आउनु भएकालाइ कृतज्ञता दिनु भयो ।
स्वागत मन्तव्य बागमती प्रदेश कार्यलयका निर्देशक अरविन्द चौधरीले दिदै सवैलाइ अभिवादन गर्दै स्वागत गर्नु भयो । भरखरै सातै वटा प्रदेशका गोष्ठी गरेर यहा आएका छौ । TVET लाइ व्यापकता दिन यो गोष्ठी आयोजना गरिएको हो । व्यापक रुपमा शिक्षालयहरु विस्तार गरेका छौ । भर्नादर न्युन भएको देखिन आएको छ । विस्तार मात्र नभइ गुणस्तरको चुनौती व्यापक छ । यी मुद्दाहरुलाइ सम्वोधन गर्नु पर्ने भएको छ । यो हलबाट निकालिएको कुरालाइ व्यवहारिक रुपमा सम्पन्न गर्नु पर्ने छ ।
कार्यक्रममा CTEVT बाट अतिथिहरुलाइ खादा लगाइ सम्मान गरियो । राष्ट्रिय गान तथा CTEVT गान गाइ कार्यक्रम सुराम्भ भयो । कार्यक्रमको संचालन योजना महाशाखाका उपनिर्देशक श्री दिपक बाबु अर्यालले गर्नु भएको थियो ।